२०८१ बैशाख, २८ शुक्रबार

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दै

आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । त्यो अवसर एसिया कपमा जुरेको छ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६ औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ ।

यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ । टेष्ट र टी(२० फर्म्याटको नम्बर वान टिम भारतसँगको खेल नेपालको लागि बहुप्रतिक्षित बनेको छ । छिमेकी भएर पनि नेपालले भारतसँग खेल्न लामो प्रतिक्षा नै गर्नुपर्‍यो ।

पहिलो पटक एसिया कप खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । सधैँ टिभीमा हेर्दै आएको रोहित शर्मा, विराट कोहली जस्ता लेजेण्डसँग अब नेपालले मैदानमै खेल्दैछ ।

एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै