२०८१ बैशाख, १६ आइतबार

रामिडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५।८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै