२०८१ बैशाख, १६ आइतबार

• नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरी द्वारा ११ सुत्रीय मागं सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो

नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरीले ११ सुत्रीय मागं सहित प्रमुख जिल्ला अधिकारीलाई प्रधानमन्त्रीतथामन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाण्डौं र गृह मन्त्रालय, सिंहदरबार काठमाण्डौंलाई बोधार्थ बुझाएको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुब कुमार मण्डलले बिहीवार सप्तरीका प्रजिअ किरण थापालाई ११ सुत्रीय मागं सहित ज्ञापन पत्र बुझाउनु भयो । मण्डलद्धारा ११ सुत्रीय मागंमा सप्तरी जिल्लाको सेवाप्रदायक सरकारी कार्यालयहरुमा कामको प्रकृति अनुसार समय निर्धारण गर्नेगरी सार्वजनीक सूचना बोर्डको व्यवस्था गर्न समन्वय गर्न ,स्थानिय निकायसँग समन्वय र सहकार्यवाट नियमित वजार अनुगमनको साथै सम्पूर्ण पसलहरुमा मुल्यसूची र उपभोक्तालाई विल दिने गरी ब्यवस्था गर्न ज्ञापन पत्रमा उल्लेख गरेको छ । त्यस्तै जिल्लाका सरकारी कार्यालयहरुमा आमसर्वसाधारणप्रति हुने व्यवहारको लागिगुनासो सुनवाय डेस्क जिल्लाप्रशासनकार्यालय सप्तरीको परिसरमाव्यवस्थागर्न ,सप्तरीका सेवाप्रदायक सरकारी कार्यालयहरुमा अहिले पनि विचौलियातन्त्रको हालिमुहाली रहेकोले सोको नियन्त्रणको ठोस पहल गर्न र नियमित अनुगमनको साथै भ्रष्टाचार गर्ने गराउने माथी कार्वाही तथा कार्वाहीको सिफारिस गरी सार्वजनिक गर्न , जिल्ला भित्र रहेको सरकारी निवास, सरकारी सम्पती, नेपाल सरकारको जग्गाको दुरुपयोग भै रहेकोले नियन्त्रण गर्न , सप्तरी जिल्लामा दण्डहिनता, अराजकता, अनुशासनहिनता, चोरी, हत्या, महिला हिंसाको नियमन, नियन्त्रण र नियमानुसार कार्वाही गर्न ,खुल्ला सिमानाको कारण लागु औषध कारोबार बढेको साथै नेपाली वजारमा पनि गोप्य रुपमालागु औषधको विक्रिवितरण भई रहेकोले नियमित अनुगन,नियन्त्रणर कार्वाही गर्न,सप्तरी जिल्लामा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको संचालित सम्पूर्ण योजनाहरुको नियमितअनुगमन र समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कार्वाहीको सिफारिस र कार्वाही गर्न ,सरकारी विदाको दिन पनि भईरहेको सरकारी गाडीको दुरुपयोगको नियन्त्रण गर्न , जिल्लाको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न शिक्षक दरबन्दी थप, शिक्षक वयवस्थापन, सरुवा नितिको समुचित व्यवस्था गर्न र स्वास्थ्य क्षेत्रको सम्पूर्ण समस्या समाधानको ठोस पहल गर्नुका साथै सप्तरीलाई कृषि र पर्यटन सम्भावित क्षेत्रको लागि सरकारले प्रारम्भीक अनुसंधान गरी लगानी गर्न लगायतका माँगहरुको बारेमा तिनै तहको साथै सम्पूर्ण सम्बन्धीत सरोकारबालाहरुसँग समन्वय, सहकार्य गरी आवश्यक पहल गरी दिनुहुन सम्बन्धीत सबैमा बुझाएको ज्ञापन पत्र मागं गरीएको छ ।  प्रतिष्ठानका अध्यक्ष मण्डलद्धारा प्रजिअ थापालाई बुझाएको ज्ञापन पत्रको  प्रधानमन्त्रीतथामन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाण्डौं र गृह मन्त्रालय, सिंहदरबार काठमाण्डौंलाई बोधार्थ गरेको छ । ज्ञापन पत्र बुझदे सप्तरीका प्रजिअ किरण थापाले कतिपयको कार्यान्वयन हुदै तथा अन्यका कार्यान्वयन गर्ने प्रतिवद्घता ब्यक्त गर्नु भयो । उहाँले प्रधानमन्त्रीतथामन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाण्डौं र गृह मन्त्रालय, सिंहदरबार काठमाण्डौंलाई बोधार्थ आजै गरीने बताउनु भयो । सो अवसरमा खडक नगरपालिकाका वडा ६ का वडाध्यक्ष मो.कमाल उदीन,प्रतिष्ठानका सदस्यहरु सरस्वती चौधरी,निभा कुमारी चौधरी,कृष्णदेव यादव,देव नारायण प्रमाणी ,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै