२०८१ बैशाख, १६ आइतबार

प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपा का २३ जना नेता कार्यकर्ता जनकपुरबाट पक्राउ

बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपा का २३ जना नेता कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरको रामानन्दचोकबाट २३ जना नेता(कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन। आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताएका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो । यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ । राष्टिय सभा निर्वाचनको मतदान जारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै