२०८१ बैशाख, १६ आइतबार

मधेश प्रदेशमा आज सार्वजनिक विदा बलिदानी दिवस मनाइँदै

प्रथम मधेश आन्दोलनको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहादत भएपछि प्रथम मधेश आन्दोलनको शंखनाद भएको थियो ।सहिद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रीत दल बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।मधेश सरकारले आज वीरगञ्जमा बलिदानी दिवसको आयोजना गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै