२०८१ बैशाख, १६ आइतबार

सप्तरीबाट अवैध लागूऔषध गाँजा सहित २ युवक पक्राउ

सप्तरीको कञ्चनरुप नगरपालिका वडा न। ७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा सहित २ युवक पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न।६ बस्ने ३१ वर्षीय सचिन यादव र अजय प्रसाद यादवलाई ८ किलो अबैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को। २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।  पक्राउ गरेका दुवै युवकमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै