२०८१ बैशाख, १६ आइतबार

माल्दिभ्सले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुग्यो

माल्दिभ्सले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्सबाट दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ ।

उनका अनुसार खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने छ । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै