२०८१ बैशाख, १६ आइतबार

नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण तिब्र गतिमा बढ्दै

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । भाइरसको संक्रमण बढे संगै त्याहा सतर्कता अपनाउन थालिएको अधिकारीहरूले जानकारी दिएका छन् । भारतका स्वास्थ्य अधिकारीहरूले केही समयदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।

उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुई हप्तामा ७९ जनामा यो भाइरस देखिएको जनाएका छन् । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि यो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए । उनले सबै सरकारी अस्पतालहरूमा यो भाइरसका संक्रमितको उपचारको व्यवस्था गरिएको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै