२०८१ बैशाख, १५ शनिबार

मनी लान्ड्रिङ मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन पक्राउ

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छन् ।

मनी लान्ड्रिङ मुद्दामा ज्याकलिनलाई प्रहरीले भारतको मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध लुक आउट नोटिस जारी गरेपछि उनलाइ पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उनी विदेश जाँदै थिइन्। प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ।

अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै