२०८१ बैशाख, १५ शनिबार

सप्तरीको राजविराज कारागारमा कैदीबन्दीहरूलाई दर खुवाएर तीजमनाए

कारागारमा कैदीबन्दीहरूलाई दर खुवाएर तीजमनाएको छ । सप्तरीको राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई दर खुवाएर आजअधिकारकर्मीहरूले तीजमनाएका हो । हरितालिकातीजमहोत्सवमूल समारोह समिति सप्तरीले आजकारागारका कैदीबन्दीमहिलाहरूलाई दर खुवाएर तीजमनाएका हुन् ।

राजविराजमा प्रतियोगितात्मकतीजमहोत्सव गर्नु अघि आयोजक समितिले कैदीबन्दीमहिलालाई मिठाईहरूखुवाउनुका साथै चुरा, पोते, टिकालगायतको श्रृङ्गारका सामाग्रीदिएर तीजको खुशी साटासाट गरेका छन । प्रत्येकवर्ष झै कारागारको महिलाबन्दी गृहमापुगेर तीजको दर स्वरूप मिठाई खुवाउनुका साथै श्रृङ्गारका सामान प्रदान गरिएको मूल समारोह समितिका संयोजक अनिता देवकोटाले बताउनु भयो ।

उक्त अवसरमा कारागारमा कार्यरत महिलाकर्मचारी र महिलाप्रहरीलाई समेत आयोजकले मिठाई र श्रृङ्गारका सामानप्रदान गरेको निमित्त कारागार प्रशासक सदानन्ददासले जानकारी दिनुभयो । बन्दीक्षमता १५ महिलासहित एक सय ५५ जनाको रहेको उक्त कारागारमाहाल २० महिलासहितकरिब चार सय ३० जना रहेका छन् । पर्खालभित्र रहेका कैदीबन्दीदिदी–बहिनीको मुहारमातीजका बेलाखुसील्याउन सामूहिक रूपमा दर खान, खुवाउनखोजेका हौँ,’ संयोजक देवकोटाले भन्नुभयो, ‘यसपटक कडा सुरक्षाव्यवस्थाका कारण बाहिरबाटै एकमुष्ट सामग्रीहरूदियौ ।’यसपटक दर दिनपाएकैमा सन्तोष मानेका अधिकारकर्मीहरुले अन्यजिल्लाका कारागारमाझै तीजका बेला एक दिन सँगै बसेर सामुहिक दर खानपाइने वातावरण आगामीदिनमाबनोस् भनेर कामनागर्नुभयो ।

प्रहरी हिरासतमाबलात्कार”को समाचार सार्वजनिक भएपछि महिलाबन्दीसँग भेटघाटमा कडा पारिएको प्रहरीले जानकारी दिएको छ । पीडित महिलाहाल सोही कारागारमाबन्दी छिन् । तीमहिला सँगै पुर्पक्षका लागि थुनामा परेकी दुई महिलालाई गत बुधबार कारागार बाट बाहिर निकालीतयार कागजपत्रमादुई प्रहरीले औठा छाप लगाएको महिलाहरुले बताइन् । भदौ ८ गते प्रहरी हिरासतमाबलात्कार”को समाचार प्रकाशनभएको थियो । कार्यक्रममामहिलामानवअधिकार रक्षक सञ्जालकीमनु खनाल, साधना कर्ण, नानीमैया कटवाल, एकलमहिला समूहकीमाधवीशाह, राजविराज नगरपालिकाकीकल्पना देव, महिलाशिक्षक रत्ना गुरुङ, महिलामानवअधिकार रक्षक सञ्जालकीमौसमीझा, सुधा देवकोटा, कविता साह, शिलाझालगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै