२०८१ बैशाख, १५ शनिबार

सहिद र बेपत्ता परिवारको घरघरमा पुगे माओवादी


 नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम सप्तरीेमा पनि चलिरहेको छ ।  माओवादी केन्द्र पुर्व प्रदेस सदस्य छेदी रजक (विमल)ले सप्तरीमा पनि वडाबाट सुरु गरिएको सो अभियान वडाहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । उहाँले सो अभियान अन्तर्गत अहिले सहिद र बेपत्ता परिवारका घरघरमा पुगेर भेट्ने तथा अभियानमा जोड्ने कार्य भईरहेको बताउँदै सहिद र बेपत्ता परिवारसँग भेटधाट भइरहेको बताउनुभयो । 


रजकका अनुसार जिल्लाका शनिवार सप्तकोशी नगरपालिकाको फतेपुरमा रहेका उर्मिला भुजेल (सहिद .राजकुमार भुजेल ),.यसोधा भट्टराई (सहिद .पशुराम भट्टराई ),.दुर्गा बिस्ट (सहिद .टंक बिस्ट),.ललित घिमिरे (सहिद .भोजराज घिमिरे ),.उर्मिला तिमिल्सिना (बेपत्ता योद्धा . द्वारिका तिमिल्सिना )सहिद परिवार र बेपत्ताका परिवारको साथै जनयुद्घ कालिन नेता,कार्यकर्ताहरु पुष्प बस्नेत ,भरत पौडेल ,इस्वरी पौडेल ,गुणराज कोइराला ,धुर्व चौधरी र पुर्व जनमुक्ति सेना .कुलचन्द्र ढुंगानाको  सुखदुख सुन्ने लगायत समस्या वारै जानकारी लिने कार्य अहिले भइरहेको बताउनु भयो । माओवादी केन्द्र सप्तरीेका पुर्व प्रदेस सदस्य रजकले विभिन्न कारणले विगतमा सहिद र बेपत्ता परिवारसँग नियमित जोड्न नसकिएकोमा अहिले उहाँहरूको घरघरमा पुग्दा उहाँहरूले स्वागत गरेर दुखसुख बाँडिरहेको बताउनुभयो । 


यसअघि अभियान सफल पार्नका लागि जिल्लाको विस्तारित बैठक, पालिकाका बैठकहरू तथा विभिन्न जनवर्गिय सङ्गठनका बैठक र भेलाहरू तथा प्रशिक्षण दिने कार्य भईरहेको माओवादी केन्द्र सप्तरीेले जनाएको छ । अभियानको नेतृत्व गर्नका लागि माओवादी केन्द्रले सप्तरीमा केन्द्रीय सदस्य महेन्द्र पासवान,रामकुमार शर्मा,दिलिप साह,बौधमाया यादव,जगत प्रसाद यादव प्रदेश सदस्य छेदी रजक लगायतलाई खटाएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै