२०८१ बैशाख, १६ आइतबार

महादेवा गापामा विविध खर्चमा भ्रष्टाचार ,अनियमितता

सप्तरीको महादेवा गाउँपालिकामा विविध खर्चको नाममा लाखौं भुक्तानी लिएर भ्रष्टाचार ,अनियमितता गरेको आरोप स्थानियले लगाएका छन ।महादेवा गाउँपालिकाका –६  का वडाध्यक्ष गजेन्द्र मण्डलले आर्थिक वर्ष २०७९÷०८० को गाउँसभावाट स्वीकृत विविध खर्चमा ५ लाख रकममा आर्थिक हिनामिना तथा भ्रष्टाचार गरेको स्थानिय रामचन्द्र मण्डलले आरोप लगाएको छ  ।

उहाँका अनुसार सो विविध खर्चको नाममा वडाध्यक्ष मण्डलले नकली बिल ,भरपाई पेश गरेर ५ लाख बरावरको आर्थिक हिनामिना तथा भ्रष्टाचार गरेको बताउनु भयो । त्यस्तै स्थानियहरुले वडाध्यक्ष मण्डलले वडामा विनियोजन गरेका विभिन्न योजनाहरुमा समेत नाम मात्रको कार्य गरेर ब्यापक रुपमा आर्थिक हिनामिना तथा भ्रष्टाचार गरेको बताउँछन । वडाध्यक्ष मण्डलले वडामा विनियोजन गरेका विभिन्न योजनाहरुमा आफनो नाता गोता ,आफन्त,छोरा,भतिजा लगायतलाई उपभोक्ता समितिमा राखेर मोटो कमिशन उठाएको नाम नबताउने शर्तमा उपभोक्ता समितिको पदाधिकारीको आरोप छन ।

सो सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँ पालिका भित्र ६ वटै वडामा भएको विकाश निर्माण लगायतको योजनामा  आम जनताको तर्फबाट आएको गुनासो तथा आरोपको वारैमा आन्तरिक रुपमा अनुसंधान,अनुगमण,छानविन गरिने बताउनु भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै